२५ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभामा आज ४ निकायको वार्षिक प्रतिवेदन पेश


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न ४ वटा निकायको बार्षिक प्रतिवेदन पेश भएका छन् । वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८’, ‘आदिवासी जनजातीय आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८’ र ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७७/०७८’ पेश गरेका हुन् ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ २० गते संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एक कार्यक्रममा सहभागि हुन रुवाण्डा प्रस्थान गरेकाले उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई तोकिएको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोर पढेर सुनाएका थिए ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा समेत बोल्दै सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । राष्ट्रिय सभाको अर्को वैठक भोलि बिहिबार दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !