१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ काठमाडौँमा मेयर बालेनकाे घोषणापत्र (पूर्णपाठसहित)


बालेन साह

काठमाडौ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे ।

बालेनले अब कसरी काम थाल्लान र कस्ता कामलाई प्राथमिकता देलान् भन्ने चासो आम काठमाडौँवासीको रहेको छ । ‘र्यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् ।

काठमाडौँ महानगरको नवनिर्वाचित मेयर साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएका हुन् ।

काठमाडौँको मेयरमा उम्मेदवारी दिएपछि उनले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका थिए । उनले शिक्षा, स्वास्थ्य, सम्पदा, संरचना, महिला वालवालिका तथा ज्येष्ठ नागरिकलगायतका क्षेत्रमा के कस्ता काम गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका छन् ।

यस्तो थियो हेर्नुहोस् काठमाडौँमा मेयर बालेनकाे घोषणापत्र (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !