१५ बैशाख २०८१, शनिबार

नेकपा एसका पुन्य गौतम एमालेमा प्रवेश, मञ्चमै ढोगे ओलीको खुट्टा


केपी ओली र पुन्य गौतम

काठमाडौँ । माधव नेपालको नेतृत्वमा रहेको पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य पुन्य गौतम केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमालेले आज मंगलबार काठमाडौंको भृकुटीमण्डपमा एमालेले आयोजना गरेको चुनावी सभामा गौतमलाई एमाले अध्यक्ष केपी ओलीले एमालेमा स्वागत गरेका हुन् ।

समसामयिक जुनसुकै विषयवस्तुमा पनि युट्वमार्फत आफ्नो धारणा राख्दै आएका गौतम आफूलाई राजनीतिक विश्लेषणको रुपमा समेत चर्चामा राख्न चाहान्छन् ।

उक्त कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् । आफ्नो धारणा राख्दै ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

उनले ओली राजनेता भएको समेत बताएका छन् । ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा समेत ढोगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !