१५ बैशाख २०८१, शनिबार

गठबन्धन एकताबद्ध भएर अघि बढेकोले स्थानीय निर्वाचनमा विजय हुने प्रचण्डको दावी


प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् ।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ भने । अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए ।

उनले भने, “निर्वाचन जित्न असहज छैन ।” भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ ।

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !