२५ बैशाख २०८१, मंगलबार

राप्रपाको घोषणापत्र : सबै नागरिकको स्वास्थ्य बिमादेखि ज्येष्ठ नागरिकलाई तीर्थयात्रासम्म


राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । राप्रपाले स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारा सहितको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणापत्रमा सबै नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गर्नेदेखि ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थ यात्रा गर्नेसम्म प्रतिबद्धता जाहेर गरेका छन् । अध्यक्ष लिङ्देनका सहितका नेताहरू सहभागी घोषणापत्र सार्वजनिक कार्यक्रममा राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याएको हो ।

यस्तै घोषणापत्रमा जेष्ठ नागरिकलाई देशभित्र धार्मिक स्थलमा निशुल्क यात्राको व्यवस्थादेखि एक स्थानीय तहमा एक गौशाला निर्माणसम्मका योजना रहेका छन् । यस्तै निम्न आय भएका हरेक सुत्केरीलाई ३ महिनासम्म ३००० रुपैयाँ मासिक भत्ता दिने पनि उल्लेख गरिएको छ ।

यस्तै आफूहरूले जित्ने पालिकामा हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यूनतम करको व्यवस्था गरिने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो ।

भूमिहीन नागरिकलाई एकल तथा सामूहिक आवासको व्यवस्था, सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ उपलब्ध गराउने उल्लेख छ । त्यस्तै कृषि तथा वाली बिमाको व्यवस्था गरिने, गाई भैंसीमा सुत्केरीभत्ता, एक घर एक धाराको व्यवस्था गरिने प्रतिबद्धता गरिएको छ ।

यस्तो छ हेर्नुहोस् राप्रपाको स्थानीय निर्वाचनको चुनावी घोषणापत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !