१५ बैशाख २०८१, शनिबार

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । राप्रपाले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने उक्त पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका सहितका नेताहरू सहभागी भएर प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको उनले बताए ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट घोषणा पत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गर्न लागिएको हो । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !