१४ बैशाख २०८१, शुक्रबार

केन्द्रबाट `गठबन्धन´ नथोपर्ने काँग्रेसको संस्थागत निर्णय हो : महामन्त्री शर्मा


विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रबाट `गठबन्धन´ नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय भएको बताएका छन्।

महामन्त्री शर्माले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र `तालमेल गर्न सक्ने´ उल्लेख रहेको बताएका छन् । “`गर्न सक्ने´ भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने, भावना प्रतिकुल नगर्ने भन्नेपनि हो l हामी विलकुल प्रष्ट छौं l”, उनले सामाजिक सञ्जालमा भनेका छन्।

उनले लेखेका छन् “केन्द्रबाट `गठबन्धन´ नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो l त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र `तालमेल गर्न सक्ने´ उल्लेख छ ! `गर्न सक्ने´ भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो l हामी विलकुल प्रष्ट छौं l काँग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौं ! तर `बटमलाइन´ प्रष्ट छ-`स्थानीय स्थिति र आवस्यकता´ l `मोडालिटी´ भनिरहंदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा ब्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रष्ट र दृढ छौं l”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !