२३ बैशाख २०८१, आइतबार

खड्का काँग्रेसको चुनावी कमाण्डर, महत प्रचार समितिको संयोजक


पूर्णबहादुर खड्का र डा. प्रकाशशरण महत

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावी कमाण्डरको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ भने चुनावी प्रचार-प्रसार समितिको संयोजकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएको छ ।

आज मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उपसभापति खड्कालाई निर्वाचन परिचालन समितिको कमाण्डर तोकेको हो भने पार्टी प्रवक्ता डा. महतलाई चुनावी प्रचार-प्रसार समितिको संयोजक बनाएको हो ।

काँग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार-प्रसार समिति गठन गरेको हो । उपसभापति खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको हो ।

काँग्रेसमा खड्का र महत दुवै जना नै देउवा समूहका हुन् । यस्तै कांग्रेसले आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनमा काँग्रेसले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !