२१ बैशाख २०८१, शुक्रबार

आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको जानकारी दिएका हुन् ।​ उनका अनुसार स्थानीय निर्वाचनमा काँग्रेसले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको हो ।

केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनका लागि सम्बन्धित निकायमा संयन्त्र बनाएर गठबन्धनलाई व्यवहारिक रुपमा अगाडि बढाइने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !