२५ बैशाख २०८१, मंगलबार

मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको खानेपानी मन्त्रीको दावी


उमाकान्त चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाशंकर चौधरीले मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताएका छन् ।

मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको बताए।

आज पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले निर्माण कम्पनी हाल निर्माणस्थलमा परिचालित भई काम शुरु गरिसकेको बताए ।

मन्त्री चौधरीले एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीमा आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !