१५ बैशाख २०८१, शनिबार

माओवादी बहुपदीय प्रणालीमा नजाने, बनाइयो ९ सदस्यीय हेडक्वार्टर


Maoist_Kendra

काठमाडौं : विभिन्न माओवादी घटकहरुको एकतापछि बनेको नेकपा माओवादी केन्द्र तत्काल बहुपदीय प्रणालीमा नजाने भएको छ।

उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएर सहमति जुटाउन कठिन भएपछि माओवादीले तत्काल बहुपदीय प्रणालीमा नजाने मध्यमार्गी बाटो रोजेको हो। अहिले एकतामा आएका विभिन्न पार्टीका नेताहरुलाई समेटेर हेडक्वार्टर (केन्द्रीय कार्यालय समिति) गठन गरिएको छ।

समितिमा तत्कालीन एमाओवादीका तीन जनामात्र रहेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै केन्द्रीय कार्यालय समितिमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, जयपुरी घर्ती, तिलक परियार र मणि थापा रहेका नेता दीननाथ शर्माले जानकारी दिए।

​प्रचण्डपछिको वरियतामा नारायणकाजी श्रेष्ठ प्रकाश र त्यसपछि बादल छन्। सोमबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल बहुपदमा नजाने निर्णय गरेको शर्माले जानकारी दिए।

नेकपा माओवादी केन्द्रले एक हप्ताभित्र स्थायी समिति र पोलिट्ब्युरो समिति पनि गठन गर्ने भएको छ। केन्द्रीय समिति ६ सय ९९ जनाको भएकाले त्यसको एक तिहाइ संख्या रहने गरी पोलिट्ब्युरो र त्यसको एक तिहाइ संख्या रहने गरी स्थायी समिति बनाउने तयारी छ। यस अनुसार पोलिट्ब्युरो समितिको आकार १ सय ५१ सदस्यीय र स्थायी समितिको आकार ५१ सदस्यीय हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !