२६ बैशाख २०८१, बुधबार

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिवर्तनको गतिलाई रोक्ने काम नगर्न आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले पछाडि परिवर्तनको गतिलाई रोक्ने काम नगर्न र धकेल्ने काम नगर्न आग्रह गरेका छन् ।

राप्रपाको महाधिवेशनमा बोल्दै उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिए ।

उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !