२३ बैशाख २०८१, आइतबार

नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा श्रेष्ठ विजयी


जितेन्द्रकुमार श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले ६६५ मत ल्याएर विजयी भएका छन् । स्रोतका अनुसार अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

जिल्ला सभापति चयनका लागि शनिबार जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार र मीनकृष्ण महर्जनबीच प्रतिस्पर्धा भएको थियो । स्रोतका अनुसार विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !