१५ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन उद्घाटनमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नजाने


ओली-प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् ।

अध्यक्ष प्रचण्डको सो दिन पूर्वनिर्धारित अर्कै कार्यक्रम भएकाले जान नसक्ने प्रचण्डनिकट स्रोतले बताएको छ । प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन् ।

पछिल्लो समय एमाले अध्यक्ष प्रचण्ड र ओलीवीच पानी बाराबारको जस्तो सम्वन्ध रहेको छ । यद्यपि माओवादीले एमालेको महाधिवेशन उद्घाटन समारोहमा पार्टीबाट प्रतिनिधि भने पठाउने बारेमा पार्टीमा छलफल जारी राखेको छ ।

केही दिनअघि मात्र एमाले नेता राजन भट्टराईले खुमलटार पुगेर महाधिवेशनको उद्घाटनमा सहभागी हुन प्रचण्डलाई निम्तो दिएका थिए । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमाले महाधिवेशन उद्घाटनमा जाने भएका छन् ।

देउवासहित अन्य राजनीतिक दलका नेताहरु समेत चितवन जाने बताइएको छ । एमाले राष्ट्रिय महाधिवेशन भोलि मंसिर १० देखि १२ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !