१५ बैशाख २०८१, शनिबार

समाज रूपान्तरणमा फाल्गुनन्दको उच्च योगदान रहेको छ : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रगतिशील सामाजिक अभियानकर्मी फाल्गुनन्दले चालेको कदम र दिनुभएका उपदेश आजका दिनमा व्यावहारिक हुँदै आएको बताएका छन् ।

राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले छोरा समान छोरीलाई शिक्षा र अंश दिनुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनका वस्तु प्रयोग गर्नुपर्ने जस्ता धारणा ल्याएर समाज सुधारमा योगदान गरेका फाल्गुनन्दले नेपाली समाज रूपान्तरणमा उच्च योगदान दिएको बताएका छन् ।

किराँत धर्मावलम्बीका प्रवर्तकमध्येका एक फाल्गुनन्दलाई आज संसारभरका किराँत समुदाय र आम नेपालीले सम्मानका साथ स्मरण गरिरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले फाल्गुनन्दले देखाएको सत्मार्गमा लाग्दा देश र जनता सबैको अझै उत्थान हुने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !