१४ बैशाख २०८१, शुक्रबार

मुख खोल्दै नेपालले भने- प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने योजना छैन


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख खोल्दै नेपालले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताएका हुन् ।

नेपालले संसद् विघटनविरुद्धको मुद्दामा ‘परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने’ भन्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अनुचित भएको बताएका छन् ।

नेपालले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने कुरा न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिने, हस्तक्षेप गर्ने, निरंकुशता चाहने केपी ओलीको खेल भएको आरोप लगाए ।

उनले ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूलाई हटाउनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताउदै ओलीले रिस साँध्नका लागि त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ रहेको छ ।

उनले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न नहुनेमा जोड दिंदै प्रधान्यायाधीशलाई महाअधियोग लगाउने विषयमा सत्ता गठबन्धनमा कुनै समेत छलफल नभएको भन्दै जबराको बचाऊ गरेका हुन् ।

सर्वोच्चमा उत्पन्न विवादका विषयमा सत्तारुढ राजनीतिक दलहरुले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक नगरेको भने आलोचना भईरहँदा नेपालले यस्तो बताएका हुन् । सर्वोच्चमा उत्पन्न विवाद चर्कन थालेको एक साता बित्न लाग्दा पनि सत्तारुढ गठबन्धनको बैठक समेत बस्न सकेको छैन ।

उनले पाँचदलीय गठबन्धनलाई चुनवासम्म कायम राख्ने पनि दावी गरे । उनले आगामी दिनमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा ५ दलीय गठबन्धनबीच सहकार्य हुने पनि स्पष्ट पारे ।

उनले आफूहरुले ठुलो त्याग र बलिदान गरेको पार्टीलाई फुटाउने र संस्थापनलाई लात हानेर हटाउने ओलीको प्रवृत्तिका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी खोलेको प्रष्ट पर्दै ओलीजीले एक्लै सरकार र पार्टी चलाउन खोजेर निरंकुशता हावी गर्दै तानाशाही बन्न खोजेकोले यस्ता प्रवृत्ति हाबी हुन नदिन नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

देउवा एक हप्ता बेलायततिर बरालिने, अदालतको विवाद आफै सम्हालिने

परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्ने ओलीको भनाई गैरजिम्मेवारीपन

ओलीले मागे चोलेन्द्रसहित परमादेश दिने अन्य न्यायाधीशको राजीनामा

जबराले भने- विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा मात्र म दिन्छु

मुख खोल्दै चोलेन्द्रले भने- न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ

राजीनामा नदिने अडानमा चोलेन्द्र : महाभियोग सामना गर्न तयार

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !