११ बैशाख २०८१, मंगलबार

ओलीले मागे चोलेन्द्रसहित परमादेश दिने अन्य न्यायाधीशको राजीनामा


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका साथै सर्वोच्च अदालतका अन्य ४ जना न्यायाधीशको पनि राजीनामा मागेका छन् ।

मंगलबार पार्टीको ७५३ पालिका अधिवेशनको भर्चुअल माध्यमवाट उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्‍याउनु भएको छ त, पाँचै जनाले रानीनामा गरे उपयुक्त होइन र ? ओलीले न्यायाधीशहरु आफैँ पोल खोला-खोलमा लागेको समेत बताए ।

ओलीले पनि जबराले मात्र होइन, परमादेशको फैसला गर्ने संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बबाए । जबराले आज मंगलबार मात्र विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा पनि राजीनामा दिन तयार रहेको बताएका थिए ।

उनले राज्यका निकायहरू मर्यादित हुनुपर्ने बताउदै शक्ति पृथकीकरणको आधारमा चल्नुपर्ने बताए । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भने समुचित व्याख्या गर्ने भएको ओलीले स्पष्ट पारे ।

सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश जबरा चौतर्फी दबावमा परेका बेला प्रमुख प्रतिपक्ष दलका नेता ओलीले समेत राजीनामा मागेपछि प्रधानन्यायाधीश जबरासहित अन्य न्यायाधीशहरुलाई समेत नैतिक संकट उत्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

जबराले भने- विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा मात्र म दिन्छु

न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले भने- राजीनामा दिन्नँ

प्रधानन्यायाधीशसँगको भेटवार्ता सकियो, फेरि आन्तरिक छलफलमा जुटे न्यायाधीशहरु

मुख खोल्दै चोलेन्द्रले भने- न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ

राजीनामा नदिने अडानमा चोलेन्द्र : महाभियोग सामना गर्न तयार

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत

विराटनगरमा पुगेर ओलीले भने- अदालत र संसद्मा तमासा भइरहेको छ

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !