१२ श्रावण २०८१, शनिबार

जबराले भने- विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा मात्र म दिन्छु


चोलेन्द्र शमसेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा मात्र आफूले राजीनामा दिने अडान लिएका छन् । प्रधानन्यायाधीश जबराले भेटवार्ताको क्रममा न्यायाधीशहरुसँग विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको स्पष्ट परेका हुन् ।

आज मंगलबार प्रधानन्यायाधीश जबरालाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ जना न्यायाधीशहरूलाई उनले राजीनामा नदिने जवाफ दिएका हुन् ।सामूहिक रुपमा भेटेपछि प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बताएपछि उनीहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

भेटवार्ताको क्रममा जबराले भनेका छन्, ‘विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ । विवादमा आएका सबैले दिने हो भने म तयार छु । होइन भने म राजीनामा दिन्नँ । सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय बच्दैन ।’

प्रतिनिधि सभा विघटनको फैसला गर्ने अरु न्यायाधीशको बारेमा पनि प्रश्न उठेको राणाले स्मरण गर्दै भने, ‘म संवैधानिक प्रक्रियाबाट आएको हुँ। यत्तिकै राजीनामा दिने कुरा हुँदैन।’

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्न सामूहिक रुपमा भेटेका थिए । विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कारकैबीच प्रधानन्यायाधीश जबराले आज मंगलबार पनि पेसी तोकेका छन् ।

यस्तै चौतर्फी राजीनामा दिन दवाव बढिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् । बीबीसी न्यूज नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताएका छन् ।

राजीनामा नदिई अन्तिमसम्म लड्ने रणनीति प्रधानन्यायाधीश जबराको देखिन्छ । आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने” दृढता प्रकट गरेका छन् ।

यो पनि पढ्नुहोस्

न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले भने- राजीनामा दिन्नँ

प्रधानन्यायाधीशसँगको भेटवार्ता सकियो, फेरि आन्तरिक छलफलमा जुटे न्यायाधीशहरु

मुख खोल्दै चोलेन्द्रले भने- न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ

राजीनामा नदिने अडानमा चोलेन्द्र : महाभियोग सामना गर्न तयार

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत

विराटनगरमा पुगेर ओलीले भने- अदालत र संसद्मा तमासा भइरहेको छ

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !