१२ बैशाख २०८१, बुधबार

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत


केपी शर्मा ओली फाइल फोटो

बिराटनगर । बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ? भनेर सर्वत्र आलोचना भईरहेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा मुख खोलेका छन् ।

अध्यक्ष ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन् । अहिलेको परिस्थितिमा एमालेले प्रधानन्यायाधीशको राजीनामा पनि नमाग्ने र महाभियोगको पक्षमा पनि नउभिने संकेत गरेका हुन् ।

आज मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हाल अदालतमा तमासा भइरहेको ओलीको कुटनीतिक टिप्पणी गरेका छन् । उनले परमादेशअघिकै सेटिङका कारण यो सबै तमासा भइरहेको बताए ।

यद्यपि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा भने एमालेको तटस्थ रहेको उनले स्पष्ट पारे । उनले भने, “यस प्रकरणका क्रियाकलापहरू सम्मानित सर्वोच्च अदालतजस्ता ठाउँमा हुनु हुँदैन ।”

ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्त बमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए । ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

यो पनि पढ्नुहोस्

विराटनगरमा पुगेर ओलीले भने- अदालत र संसद्मा तमासा भइरहेको छ

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु