१३ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीशसँगको भेटवार्ता सकियो, फेरि आन्तरिक छलफलमा जुटे न्यायाधीशहरु


संवैधानिक इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु भेटवार्ता सकिएको छ । सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेपछि उनीहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्न सामूहिक रुपमा भेटेका थिए ।विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कारकैबीच प्रधानन्यायाधीश जबराले आज मंगलबार पनि पेसी तोकेका छन् ।

चौतर्फी राजीनामा दिन दवाव बढिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् । बीबीसी न्यूज नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताएका छन् ।

राजीनामा नदिई अन्तिमसम्म लड्ने रणनीति प्रधानन्यायाधीश जबराको देखिन्छ । आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने” दृढता प्रकट गरेका छन् ।

हिजो सोमबार सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले आज प्रधानन्यायाधीश जबरालाई न्यायाधीशहरूले भेटेर न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्ने निर्णय गरेको थियो ।

आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरुले लगाएका छन् ।

सर्वोच्चका न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट रहेका छन् ।

यो पनि पढ्नुहोस्

मुख खोल्दै चोलेन्द्रले भने- न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ

राजीनामा नदिने अडानमा चोलेन्द्र : महाभियोग सामना गर्न तयार

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत

विराटनगरमा पुगेर ओलीले भने- अदालत र संसद्मा तमासा भइरहेको छ

सर्वत्र प्रधानन्यायाधीशको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् ?

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !