१३ बैशाख २०८१, बिहिबार

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पेसी तोकेका छन् । हिजो आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका थिए ।

प्रधानन्यायाधीश राणासहित १३ न्यायाधीश आज सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्चका एक न्यायाधीश नहकुल सुवेदी आज अहिलेसम्म अनुपस्थित रहेका छन् ।

प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्चका न्यायाधीशहरुको भेला शुरु भएको छ । असन्तुष्ट न्यायाधीशहरु फुलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बसेका हुन् । यी न्यायाधीशहरू इजलासमा जाने वा नजाने भनेर अहिलेसम्म टुंगो भने लागिसकेको छैन ।

आफ्नै कनिष्ठ न्यायाधीशले साथ नदिएर एक्लिएका प्रधानन्यायाधीश जबराले विषम परिस्थतिमा पनि पेसी तोकेर एक्लै अन्तिमसाम लड्ने मनस्थितिमा रहेको बुझिएको छ । प्रधानन्यायाधीश जबराको यो कदमले के संकेत गर्छ गर्न भने उनले सहजै राजीनामा दिएर बहिर्गमन गर्ने देखिदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !