६ बैशाख २०८१, बिहिबार

परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्ने ओलीको भनाई गैरजिम्मेवारीपन


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् ।

आज बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा बोल्दै देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’

संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत समेत गराएका छन् ।

हिजो मंगलबार एमाले अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !