१४ बैशाख २०८१, शुक्रबार

अन्तत: वाग्मतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । वाग्मती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । वाग्मतीमा विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरूको आज बसेको बैठकले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।

यस्तै बागमतीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति पनि जुटेको छ । एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया जारी रहेको छ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुहोस्

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी पेश गर्ने

वाग्मती नेकपा (एस) दलको नेतामा पाण्डे चयन : मुख्यमन्त्री बन्ने ढोका खोलियो

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा

मुख्यमन्त्री अष्टलक्ष्मी अल्पमतमा, एमालेका १२ सांसद नेकपा (एस) मा प्रवेश

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !