८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री अष्टलक्ष्मी अल्पमतमा, एमालेका १२ सांसद नेकपा (एस) मा प्रवेश


अष्टलक्ष्मी शाक्य

काठमाडौं । वाग्मती प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालय हेटौँडामा १२ जना सांसद सनाखतका लागि उपस्थित भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

उनका अनुसार राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालको सनाखत भएको छ ।

वाग्मती प्रदेशसभाका १२ जना सांसदले मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

अन्य प्रदेश सदस्यहरूको भने भोलि सनाखत हुने उनको भनाइ छ । यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

योसँगै वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

यो पनि पढ्नुहोस्

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति

माधव नेपालको खुलासा : हाम्रो साथ छाड्ने नेताहरुले पहिल्यै नै नयाँ पार्टी दर्ता गराइसकेका थिए

बागमतीमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन

नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !