१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त


प्रभुराम शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । यसअघि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई राष्ट्रपति भण्डारीले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम बलाधिकृत रथी शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा आज शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनी नेपाली सेनाको ४४ औँ प्रधानसेनापति हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ ।

राष्ट्रपति भण्डारीद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त

यो पनि पढ्नुहोस्

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस

प्रधानसेनापति थापाद्वारा कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !