११ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त


प्रभुराम शर्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई तोकेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा आज आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएकी हुन् ।

एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन् । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए ।

 

प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !