७ बैशाख २०८१, शुक्रबार

प्रधानसेनापति थापाद्वारा कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण


प्रधानसेनापति थापाद्वारा कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई श्रावण १७ गते आइतबार कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई तोकेकी थिइन् ।

शर्मा एक महिनापछि स्वतः प्रधानसेनापति हुनेछन् । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुसार उनले विदा बस्ने तयारी गरेका छन् ।

आजवाट रथी शर्माले कायममुकायम प्रधानसेनापतिकाे रूपमा नेपाली सेनाको नेतृत्व लिएका हुन् । नेपाली सेनामा कायममुकामय भए पनि नेतृत्व लिएपछि उनलाई पूर्ण अधिकार हुन्छ ।

सेना सम्बन्धी कुनै पनि निर्णय शर्माले लिन सक्छन् । शर्मा नेपाल सेनामा ब्राहण समुदायको अधिकृत नै पहिलोपटक नेतृत्वमा पुगेका हुन् । नेपाली सेनामा क्षेत्रीको बर्चस्व रहँदै आएको थियो । बिगतमा छत्रमान गुरुङले सेनाको नेतृत्व लिएर क्षेत्रीको बर्चस्व तोडेका थिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !