२५ बैशाख २०८१, मंगलबार

निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय


एमाले केन्द्रीय कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख पतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगविरूद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीले कारवाही गरेका व्यक्तिको सनाखत लिएकोमा आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको बताए । उनले निर्वाचन आयोगबाट विवादास्पद क्रियाकलाप भएको भन्दै आयोगवाट पार्टीले कारबाही गरेका, उपस्थित नै नभएकालाई सनाखत गराउने अनुचित काम भएको बताए ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ । बैठकले एमाले छोडेर नयाँ दर्ता दल गरेकाहरूलाई निष्कासन गर्ने पनि निर्णय गरेको छ । तर भुल सुधार गरेर आउनेलाई स्वागत गरिने ज्ञवालीले बताए ।

यो पनि पढ्नुहोस्

सभामुख सापकोटाविरूद्ध अदालत जाने एमालेको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !