१४ बैशाख २०८१, शुक्रबार

एमाले औपचारिक रुपमै फुटेकै दिन ओली नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल


ओली नाचेको भिडियो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेका पूर्वमहासचिव माधव कुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो ।

बुधबार राती अबेर सो पार्टीले दल दर्ता प्रमाणपत्र पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजित भएको हो । सो पार्टीका ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदले आजै निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेपछि हिजै राती नै आयोगले दर्ता प्रमाणपत्र दिइएको हो ।

लामो रस्साकस्सी पछि अन्तत: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरुमा बढेको व्यक्तिगत स्वार्थपूर्ति र सत्ता मोहले एमाले औपचारिक रुपमै विभाजन भएको हो । विभाजन हुनुअघि एमालेमा केपी शर्मा ओली समूह र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएका थिए ।

एमालेका शीर्ष नेताहरुमा बढेको चरम शक्तिसंघर्षले एमाले पार्टी अचानो बन्दै बिग्रह र बिनासको बाटोमा लागि सकेको छ । धेरै उतार-चढावका बाबजूद यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस-माओवादी गठबन्धनसँग सहकार्य गर्दै नेपाल समूहले राष्ट्रियसभा उपनिर्वाचनदेखि ओली सरकार ढाल्ने सम्मको खेल खेलेकोले एमाले विभाजन भएको हो ।

गायक दिपक खरेलले गाएको एउटा गीत छ – कहाँ प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई नदीका दुई किनारा जस्तै बनाइदिएको छ ।

यसरी नेपाली काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएर पार्टीको सरकार ढाल्न अहम् भूमिका निर्वाह गरेर आफ्नै घरमा आगो लगाएर खरानी बनाएका छन् । संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपालले यसअघि संसद बचाउन भनेर गठनबन्धनलाइ नै रोजे ।

नेपालले नयाँ दल दर्ताको प्रमाणपत्र पाएसंगै ओली र नेपालको लगभग ५ दशकको ‘मायापिरती’ पारपाचुकेमा टुंगिएको छ । लगभग ६ महिना अघि नेपालले आफू पार्टीका अध्यक्ष ओलीसँग आफ्नो ‘मायापिरती’ ४८-४९ वर्ष पुरानो भएको भन्दै सजिलै नछुट्टिने वा नतोडिने बताएका थिए ।

नेकपाका महासचीव भई सकेका पूर्वप्रधानमन्त्री नेपाल र अहिलेका नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली वीचको माया-पिरती टुंगिएसंगै अनिर्णयको बन्दी भएको पार्टीले नयाँ स्वरुप पाएको छ । यद्यपि नेकपाका नेता-कार्यकर्ताहरु ओली र नेपालको व्यक्तिगत महत्वाकांक्षा र शक्ति संघर्षले पार्टी विभाजन भएकोमा वाक्क-दिक्क भएर उनीहरुमा निराशाको कालो बादल छाएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओली आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् । म त भाग्यमानी कति भाग्यमानी भन्ने गीतमा कम्मर मर्काएर ओली छमछमी नाचेको ३० सेकेण्डको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ओलीको निजी निवास बालकोटमा ओली पत्नी शाक्यको जन्मदिनमा मेडिकल व्यवसायी दुर्गा प्रसाई समेत देखिएका छन् । साथै शाक्यको जन्मदिन पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो ।

माधव नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र हिजो बुधबार राती अबेर पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजित भएको हो ।

नेपाल पार्टी विभाजन गराएर गएपछि एमालेमा ओलीलाई धक्का लागेपनि ओलीको टाउको दुखाई भने कम भएको छ । अव ओलीलाई हाइसन्चो भएको छ । आउँदो महाधिवेशनसम्म ओली एकछत्र शक्तिशाली अध्यक्ष भएर रहनेछन् ।

यो पनि पढ्नुहोस्

पत्नी राधिका शाक्यको जन्मदिनमा ओली छमछमी नाचेको भिडियो हेर्नुहोस्

औपचारिक रुपमै फुटयो एमाले : ओली र नेपाल नदीका दुई किनारा

अन्तत: दर्ता भयो माधव नेपालको दल नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु