७ बैशाख २०८१, शुक्रबार

पत्नी राधिका शाक्यको जन्मदिनमा ओली छमछमी नाचेको भिडियो हेर्नुहोस्


ओली छमछमी नाचेको भिडियो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् ।

म त भाग्यमानी कति भाग्यमानी भन्ने गीतमा कम्मर मर्काएर ओली छमछमी नाचेको ३० सेकेण्डको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ओलीको निजी निवास बालकोटमा ओली पत्नी शाक्यको जन्मदिनमा मेडिकल व्यवसायी दुर्गा प्रसाई समेत देखिएका छन् । साथै शाक्यको जन्मदिन पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो ।

माधव नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र हिजो बुधबार राती अबेर पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजित भएको हो ।

नेपाल पार्टी विभाजन गराएर गएपछि एमालेमा ओलीलाई धक्का लागेपनि ओलीको टाउको दुखाई भने कम भएको छ । आउँदो महाधिवेशनसम्म ओली एकछत्र शक्तिशाली अध्यक्ष भएर रहनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !