२० बैशाख २०८१, बिहिबार

दिल्लीवाट आयोगलाई झलनाथको पत्र : म नेकपा (एकीकृत समाजवादी) मा छु, यतैवाट सनाखत गर्ने व्यवस्था मिलाइदिनू


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगलाई पत्र लेख्दै आफू नेकपा (एकीकृत समाजवादी) मा भएकोले दिल्लीवाट नै सनाखत गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भोलि साढे ११ बजेदेखि २ बजेसम्मको समय तोकिदिएको छ । जस अनुसार २२ जना सांसद र २८ जना केन्द्रीय सदस्य सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले बताएपछि खनालले आयोगलाई यस्तो पत्र लेखेका हुन् ।

खनालले आफूले नेकपा (एमाले) त्यागेको र एकीकृत समाजवादीमा रहेको औपचारिक जानकारी पनि आयोगलाई गराएका हुन् । उनी भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत रहेकाले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोग स्रोतले बताएको छ ।

यसअघि पनि खनालले आफू माधव नेपालको नवगठित पार्टीमा भएको स्पष्टीकरण दिएका थिए । खनालले गत भाद्र ५ गते शुक्रबार साँझ आफ्नो सामाजिक संजाल फेसबुक पेजमा उनको सचिवालयले एक पोष्ट गर्दै नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा खनाल रहेको सम्पूर्णमा जानकारी गराएको थियो ।

नयाँ दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री खनालले कित्ता क्लियर गर्दै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको दल नेकपा (एकीकृत समाजवादी) मा आफ्नो साथ र समर्थनमा रहेको जानकारी गराएका थिए । पोष्ट कोभिडको समस्या देखिएपछि फोक्सोमा पानी जमेपछि उपचारका लागि खनाललाई दिल्ली लगिएको थियो ।

यो पनि पढ्नुहोस्

कित्ता क्लियर गर्दै दिल्लीवाट झलनाथले भने- मेरो समर्थन माधव नेपालको पार्टीमा छ

कित्ता क्लियर गर्दै बामदेवले भने- अब ओलीको पक्षमा लागेर केही गर्न सकिदैन

प्रदीप नेपालले भने- म माधव नेपालको मान्छे हुँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !