१२ श्रावण २०८१, शनिबार

प्रदीप नेपालले भने- म माधव नेपालको मान्छे हुँ


प्रदीप नेपाल

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको स्पष्ट पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि उनले आफ्नो कित्ता प्रष्ट पारेका हुन्‌ ।

उनले आफू नेता नेपालको मान्छे भएको बताएपनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको पनि उल्लेख गरेका छन् । नेता नेपालले दर्ता गराएको नयाँ पार्टीमा प्रदीप नेपालको नाम समेत राखिएको छ ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘म माधव नेपालको मान्छे हुँ, अहिले मेरो कुनै कमिटी छैन । ६ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !