८ बैशाख २०८१, शनिबार

कित्ता क्लियर गर्दै बामदेवले भने- अब ओलीको पक्षमा लागेर केही गर्न सकिदैन


केपी शर्मा ओली र बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेर केही गर्न नसकिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि गौतमले आफ्नो क्लियर गर्ने संकेत गरेका हुन्‌ ।

उनले माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका हुन् । पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले आज बिहीबार यस्तो बताएका हुन् ।

पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन् । उनले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने समेत बताए ।

गौतमले भने, ‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन । अब हामीले विद्रोहबाट अर्को पक्ष भन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’

एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम हिजो अनुपस्थित भएसंगै माधव नेपाललाई झड्का लागेको आँकलन गरिएको थियो । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए तापनिपनि हिजो दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम राखिएको थिएन ।

अस्थिर मानसिकता भएका गौतम एमालेमा आन्तरिक विवाद शुरू भएदेखि नै दोहोरो चरित्र प्रदर्शन गर्दै कहिले ओली समूहतिर लागेका थिए भने कहिले नेपाल समूहतिर लागेका थिए । एमालेमा उनलाई अडान नभएको नेताको रुपमा चित्रण गरिदै आएको छ ।

यो पनि पढ्नुहोस्

माधव नेपाललाई अर्को झड्का नयाँ पार्टीमा वामदेव गौतम ‘अनुपस्थित’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !