२१ बैशाख २०८१, शुक्रबार

माधव नेपाललाई अर्को झड्का नयाँ पार्टीमा वामदेव गौतम ‘अनुपस्थित’


वामदेव गौतम

काठमाडौं । लामो रस्साकस्सी पछि अन्तत: नेकपा (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नेपाल समुह विभाजन भएर बनेको नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राखिएको छ भने चुनाव चिन्ह ‘खुला किताब’ राखिएतापनि चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ ।

नवगठित पार्टीका नेता राजेन्द्र पाण्डे लगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । नयाँ पार्टी नेकपा एमाले समाजवादीको संयोजक माधव नेपाल रहेका छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

नयाँ पार्टीमा झलनाथ खनाल बरिष्ठ नेता रहने भएका छन् । जसअनुसार साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव गरिनसकिएको पाण्डेले बताए ।

एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम आज अनुपस्थित भएसंगै माधव नेपाललाई झड्का लागेको छ । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए तापनिपनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम राखिएको छैन ।

अस्थिर मानसिकता भएका गौतम एमालेमा आन्तरिक विवाद शुरू भएदेखि नै दोहोरो चरित्र प्रदर्शन गर्दै कहिले ओली समूहतिर लागेका थिए भने कहिले नेपाल समूहतिर लागेका थिए । एमालेमा उनलाई अडान नभएको नेताको रुपमा चित्रण गरिदै आएको छ ।

यो पनि पढ्नुहोस्

नेकपा एमाले समाजवादीमा झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन

नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह ‘खुला किताब’ !

पदमुक्त नगर्न माग गर्दै नेपाल समूहका १४ सांसद संसद् सचिवालयमा

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !