२० बैशाख २०८१, बिहिबार

नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह टुंगो लागेन !


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गर्ने दलको नाम र चुनाव चिन्ह टुंगो टुंगो लागेको छैन ।

नेपाल समुहका एक नेताले दिएको जानकारी अनुसार पार्टीको नाम ‘नेकपा एमाले (समाजवादी)’ राख्ने भएको छ भने चुनाव चिन्ह ‘खुला किताब’ राखिएतापनि चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ ।

यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको नेता खतिवडाले जानकारी दिएका थिए ।

यसअघि चुनाव चिह्न भने सूर्य नछोडी सोही दावी गर्ने उक्त समूहले बताएको थियो । चुनाव चिह्न उदाउँदो सूर्य अर्थात् कुनै पनि रुपको सूर्य हुने तर सूर्य चिह्न नछोड्ने उक्त समेत अडान राख्ने नाटेको थियो ।

निर्वाचन आयोगमा दल दर्ता गर्न नेपाल समूहका केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन जारी रहेको छ । अहिले काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल होटेलमा उनीहरूको छलफल जारी रहेको हो ।

राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा आजै नयाँ दल दर्ताको तयारी गरिएको छ । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) को माधव नेपाल समूहलाई अव पार्टी विभाजन गर्न सहज भएको हो ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

पदमुक्त नगर्न माग गर्दै नेपाल समूहका १४ सांसद संसद् सचिवालयमा

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

माधव नेपालको पार्टीको नाम शुरुमा नेकपा एमाले नै रहने, चुनाव चिह्न सूर्य नै दावी गर्ने

नेपालसहित १४ सांसदलाई कारबाही, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !