२० बैशाख २०८१, बिहिबार

पदमुक्त नगर्न माग गर्दै नेपाल समूहका १४ सांसद संसद् सचिवालयमा


संसद् सचिवालय

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका १४ जना सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै सिंहदरवारस्थित संसद सचिवालयमा निवेदन दिएका छन् ।

विरोध खतिवडा र जीवनराम श्रेष्ठ १४ सांसदको संयुक्त पत्र लिएर संसद सचिवालय पुगेका छन् । उनीहरुले आफूहरुलाई कारवाही प्रक्रिया अघि नबढाउन संसद् सचिवालय र निर्वाचन आयोगलाई समेत पत्र लेखेका छन् ।

आज बुधबार काठमाडौँको नयाँ वानेश्वरस्थित अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो ।

नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई हिजो कारबाही गरेको थियो । एमालेले नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले हिजो मंगलबार पत्र दर्ता गरेको थियो ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

नेपालसहित १४ सांसदलाई कारबाही, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !