११ बैशाख २०८१, मंगलबार

कित्ता क्लियर गर्दै दिल्लीवाट झलनाथले भने- मेरो समर्थन माधव नेपालको पार्टीमा छ


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं विगतमा नेकपा एमालेका बरिष्ठ नेता रहेका झलनाथ खनालले आफू माधव नेपालको नवगठित पार्टीमा भएको स्पष्टीकरण दिएका छन् ।

खनालको सामाजिक संजाल फेसबुक पेजमा उनको सचिवालयले हिजो साँझ एक पोष्ट गर्दै नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा खनाल रहेको सम्पूर्णमा जानकारी गराएको हो ।

भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री खनालले कित्ता क्लियर गर्दै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको दल नेकपा (एकीकृत समाजवादी) मा आफ्नो साथ र समर्थनमा रहेको जानकारी गराएका हुन् ।

पोष्ट कोभिडको समस्या देखिएपछि फोक्सोमा पानी जमेपछि उपचारका लागि खनाललाई दिल्ली लगिएको थियो । ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई दिल्ली लानुअघि नर्भिक अस्पताल अक्सिजनको सपोर्टमा उपचार गरिएतापनि स्वास्थ्यमा उल्लेख सुधार आउन सकेको थिएन ।

उनको सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं । #सचिवालय’

अस्ति भदौ ३ गते बिहिबार एमालेका उपाध्यक्ष बामदेव गौतमले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेर केही गर्न नसकिने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि गौतमले आफ्नो क्लियर गर्ने गरेका थिए ।

यस्तै अस्ति भदौ ३ गते बिहिबार नै एमालेका नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको स्पष्ट पारेका थिए । एमाले अध्यक्ष ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि उनले आफ्नो कित्ता प्रष्ट पारेका थिए ।

यो पनि पढ्नुहोस्

कित्ता क्लियर गर्दै बामदेवले भने- अब ओलीको पक्षमा लागेर केही गर्न सकिदैन

प्रदीप नेपालले भने- म माधव नेपालको मान्छे हुँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !