१९ बैशाख २०८१, बुधबार

एमाले विभाजन गराएपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास गए माधव नेपाल


विद्यादेवी भण्डारी र माधव नेपाल

काठमाडौ । लामो रस्साकस्सी पछि अन्तत: नेकपा एमाले विभाजन भएको छ । नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसंगै एमाले औपचारिक रुपमा विभाजन भएको हो ।

एमालेलाई विभाजन गराएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आज सोमबार विहान पौने १२ बजेदेखि पौने २ वजे सम्म नेपाल र राष्ट्रपति भण्डारीका वीचमा भेटवार्ता भएको नेपाल निकट स्रोतले बताएको छ ।

नेपाल निकट स्रोतका अनुसार नेपाल र राष्ट्रपति भण्डारी वीचमा एमाले विभाजन र पछिल्लो राजनीतिका विषयमा केन्द्रित भएको वताएको छ । राष्ट्रपति भण्डारीले एमालेभित्रको आन्तरिक विवादमा यसअघि पनि विशेष चासो राखेर सक्रियतापूर्वक भूमिका खेलेको भनेर उनको आलोचना हुँदै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बलकोटमा ओलीसहित सो समूहका नेताहरु र माधव नेपालको साथ छाडेका एमालेको तेस्रो धारका नेताहरुवीच आज बार्ता भईरहँदा यता राष्ट्रपति भण्डारी र नेपालका वीचमा भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

यसअघि पनि ओली प्रधानमन्त्री नै भएको बेला उनलाई विशवासको मत दिने नदिनेमा निर्णायक छलफल चलिरहेका बेला पनि राष्ट्रपतिले नेपाललाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । २०७८ साल वैशाख २३ गते बिहीबार नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा करीव १ घण्टाको छलफलपछि सोझै राष्ट्रपति भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका थिए ।

आज बालकोटमा भएको बार्तापछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बोल्दै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भोलि बस्ने एमाले स्थायी कमिटि बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने बताए । उनले भोलि हुने बैठकबाट नेपाललाई नयाँ दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना रहेको बताए ।

नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र भोलिसम्म सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएको बेला आज नेपाल र राष्ट्रपति भण्डारीका वीचमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा मानिएको छ ।

यो पनि पढ्नुहोस्

एमालेले बोलायो स्थायी कमिटि बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

बालकोटमा ओली र माधव नेपाल छाडेका तेस्रो धारका नेताहरुबीच वार्ता

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा

आयाेगले माग्याे संसद सचिवालयलाई माधव नेपालका सांसदकाे विवरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !