१९ बैशाख २०८१, बुधबार

एमालेले बोलायो स्थायी कमिटि बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटि बैठक भोलि बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बलकोटमा ओली समूहका नेताहरु र माधव नेपालको साथ छाडेका एमालेको तेस्रो धारका नेताहरुवीच आज भएको बार्ता भएको थियो ।

बार्तापछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बोल्दै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भोलि बस्ने एमाले स्थायी कमिटि बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने बताए । उनले भोलि हुने बैठकबाट नेपाललाई नयाँ दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना रहेको बताए ।

यसअघि ओलीले भेट नदिएर निराश भएर पार्टी छोड्ने मनस्थितिमा पुगेका तेस्रो धारका नेताहरु र ओली समूहका नेताहरुवीच निर्णायक वार्तामा भएको हो । तेस्रो धारका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।

नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

एमाले विभाजनमा नेपाललाई साथ नदिएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ । १० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्ने मनस्थितिमा रहेका नेताहरूवीच आज ओलीको वार्ता भएको हो ।

ओली समूहका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने तेस्रो धारका नेताहरुले अडान राख्दै आएका थिए ।

नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र भोलिसम्म सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई निर्णायक मानिएको छ ।

आजको वार्तामा ओलीसहित सो समूहका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल, प्रदिप ज्ञवाली लगायतका नेताहरु सहभागी भएको थिए भने तेस्रो धारका नेतारुमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्त र योगेश भट्टराई लगायतका नेताहरु बलकोट पुगेका थिए ।

यो पनि पढ्नुहोस्

बालकोटमा ओली र माधव नेपाल छाडेका तेस्रो धारका नेताहरुबीच वार्ता

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !