१५ बैशाख २०८१, शनिबार

ओली समूहको बैठक च्यासलमा, नेपाल समूहको बैठक नयाँ बानेश्वरमा


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी रहेको छ भने एमालेको अर्को माधव नेपाल समूहको बैठक नयाँ बानेश्वरको अर्याल होटलमा जारी रहेको छ ।

हिजो अवेर राति अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए भने एमालेको नेपालले समूहले आफ्ना नेता र सांसदहरुसँग छलफल थालेका हुन् ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश भर्खरै ल्याएको बेला एमालेका ओली र नेपाल समूह आन्तरिक छलफलमा जुटेका हुन् । ओलीसँग मिलेर एमालेमा रहन नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माण गर्ने तयारीमा छन् ।

नेपालले विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरिरहेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !