१५ बैशाख २०८१, शनिबार

अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादीको सिफारिस


अमिक शेरचन

काठमाडौं । माओवादी केन्द्रले नेता अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय कायालयका सचिव श्रीराम खनालले जानकारी दिए ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन् ।

लुम्बिनी प्रदेशमा भने यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनले त्यतिबेलाका सातैजना प्रदेश प्रमुख फेरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !