२३ बैशाख २०८१, आइतबार

ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज गर्ने देउवा सरकारको निर्णय


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालिन ओली सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी निर्णय खारेज गरेको छ ।

आज बेलुकी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो ओली सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आजको निर्णयअनुसार अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ ।

यसरी देउवा सरकारले अघिल्लो ओली सरकारले गरेका धेरै निर्णयहरु र सिफारिसहरु एकपछि अर्को खारेज गर्दै आएको छ । यसअघि ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश वर्तमान देउवा सरकार खारेज गरेको थियो । ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !