१९ बैशाख २०८१, बुधबार

काँग्रेसमा तेस्रो धारका सिटौलाले गरे सभापतिको उम्मेदवारमा उठ्ने संकेत


कृष्णप्रसाद सिटौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा तेस्रो धारका रुपमा स्थापित पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारमा उठ्ने संकेत गरेका छन् ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएतापनि अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेपछि उनी बिस्तारै तातेका हुन् ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारी अस्वीकार गर्दै सभापतिका प्रत्यासी बनेका सिटौलाको १४ औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्नेमा स्पस्ट भइसकेको थिएन ।

यद्यपि आफू निकट नेताहरु सभापति शेरबहादुर देउवा र इत्तर समूहमा विभाजित भएपछि सिटौलामा संकटमा परेका छन् । यसअघि सिटौलाले आन्तरिक छलफल ब्यस्त सिटौला काँग्रेस वर्तमान सभापति देउवासहित अन्य नेताहरुले सभापतिको दाबेदारी प्रस्तुत गरेपछि उनी पनि तातेका हुन् ।

१४ औं महाधिवेशनको आन्तरिक तयारीमा रहेका सिटौलाले आज मंगलबार बत्तिस पुतलीस्थित सम्पर्क कार्यालयमा आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । आजको छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधान लगायतका नेताहरु उपस्थित थिए ।

आजको छलफलमा सिटौलाले आफू सभापतिको उम्मेदवार भएको भन्दै महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको एक नेताले बताए । सिटौलाले भने, ‘म सभापतिको स्वभाविक उम्मेदवार हो । १३ औं महाधिवेशनभन्दा यतिबेला हाम्रो स्ट्रेन्थ पनि बढेको छ । साथीहरु महाधिवेशनको तयारीमा लाग्नुस् ।’

यसअघि असार १४ गते सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालावीच मण्डिखाटारमा छलफल भएको थियो । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएकी थिइन् ।

कोइराला पनि सभापातिमा उठ्ने उम्मेदवार हुन् भने वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राखेका छन् । काँग्रेसको आगामी भदौ महिनामा हुने १४ औं महाधिवेशनवाट वर्तमान सभापति देउवाको विकल्प खोज्न काँग्रेस नेताहरुमा ‘लञ्च मिटिङ’ लहर बढेको छ ।

स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया थालनी गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जान सुजाताले प्रस्ताव गरेकी थिइन् भने पौडेलले भने देउवा इतरबाट आफू अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने भन्दै सघाउन आग्रह गरेका थिए ।

कोइराला परिवारबाट डा. शेखर कोइरालाले उम्मेदवारी दिने पक्का जस्तै भएको छ । महामन्त्री डा. शशांक कोइरालाले पनि विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग छलफल चलाइरहेका छन् । शेखर र शशांकसँग कोइराला परिवारभित्र नै समझदारी हुन नसकेर सुजाताले रणनीतिक रुपमा दवाव सिर्जना गर्न काँग्रेसमा अर्को समूह बन्न सक्ने सन्देश दिन उक्त ‘लञ्च मिटिङ’ गरेकी थिइन् ।

पारिवारिक राजनीतिक पृष्ठभूमि भएका कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र तीनै जना सभापतिका आकांक्षीवीच काँग्रेस सभापति देउवालाई चुनौती दिन भएको लञ्च मिटिङले काँग्रेसमा पहिलोपटक नयाँ तरंग आएको थियो ।

यो पनि पढ्नुहोस्

काँग्रेसमा ‘लञ्च मिटिङ’ को लहर : सुजाताको निवासमा रामचन्द्र र सिटौला

कांग्रेस नेताहरुको दौडधुप : विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

देउवालाई जसरी भएपनि हटाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेट, के कुराकानी भयो ?

कांग्रेसमा नयाँ तरंग : देउवाको विकल्प खोज्न विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’

१४ औं महाधिवेशन मिति नजिकिदै गर्दा काँग्रेसको नेतृत्वमा कसरत शुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !