४ बैशाख २०८१, मंगलबार

देउवालाई जसरी भएपनि हटाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान


विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनको तयारीका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन् ।

महाधिनवेशनको तयारीका लागि छलफल गर्न निधि र सिंह महामन्त्री डा. कोइराला निवास महाराजगञ्ज पुगेका छन् । तीनै जना नेताबीच छलफल जारी रहेको महामन्त्री डा. कोइरालाको सचिवालयले जनाएको छ ।

कांग्रेसको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले आफू निकट सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् ।

यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति देउवालाई सभापतिमा टक्कर दिन आफूनिकट केन्द्रीय सदस्यको बोलाएको बैठक आज बस्दैछ । पौडेलले आफूनिकट नेताहरुलाई आगामी महाधिवेशन केन्द्रित भएर आज शुक्रवार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बैठक बस्न लागेको हो ।

कांग्रेसका वर्तमान सभापति देउवाको विकल्प खोज्न दोस्रो तहका नेताहरु कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच निधि निवास नयाँ बानेश्वरमा भएको लञ्च मिटिङले कांग्रेसमा तरंग सिर्जना भएको थियो ।

यो पनि पढ्नुहोस्

देउवालाई सभापतिमा टक्कर दिन पौडेलले बोलाएको आफूनिकट केन्द्रीय सदस्यको बैठक बस्दै

कांग्रेसमा नयाँ तरंग : देउवाको विकल्प खोज्न विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !