६ बैशाख २०८१, बिहिबार

काँग्रेसमा ‘लञ्च मिटिङ’ को लहर : सुजाताको निवासमा रामचन्द्र र सिटौला


रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइराला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आगामी भदौ महिनामा हुने १४ औं महाधिवेशनवाट वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न काँग्रेस नेताहरुमा ‘लञ्च मिटिङ’ लहर बढेको छ ।

यसैवीच नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दावेदार वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाबीच आज सोमवार ‘लञ्च मिटिङ’ भएको हो ।

पौडेल र सिटौलालाई कोइरालाले मण्डिखाटारस्थित आफ्नो निवासमा लञ्च मिटिङ’ को लागि बोलाएपछि तीन नेतावीच १४ औं महाधिवेशनको तयारीको विषयमा छलफल भएको हो ।

आगामी महाधिवेशनमा सभापति देउवाले फेरि उठ्ने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको बुझिएको छ ।

स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया थालनी गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जान सुजाताले प्रस्ताव गरेकी छन् भने पौडेलले भने देउवा इतरबाट आफू अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने भन्दै सघाउन आग्रह गरेका छन् ।

कोइरालाले आफू सभापातिमा उठ्ने बताउँदै आएकी छन् भने तर कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलालाई भने दावेदार रुपमा हेरिएपनि उनी अहिलेसम्म खुलेर त्यस्तो तयारी नगरी मौन बसेका देखिन्छन् । गत शुक्रवार मात्र पौडेलले आफूपक्षीय भेला गरेर सभापतिमा उठ्ने बताएका थिए ।

सामाजिक संजालमा ‘कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे’ भन्दै सुजाताले पौडेल र सिटौला सहितको तस्वीर सार्वजनिक गरेकी छिन् । यसअघि कोइराला परिवारबाट एकमात्र उम्मेदवारी पर्ने उनले बताउँदै आएकी थिइन् ।

कोइराला परिवारबाट डा. शेखर कोइरालाले उम्मेदवारी दिने पक्का जस्तै भएको छ । महामन्त्री डा. शशांक कोइरालाले पनि विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग छलफल चलाइरहेका छन् । शेखर र शशांकसँग कोइराला परिवारभित्र नै समझदारी हुन नसकेर सुजाताले रणनीतिक रुपमा दवाव सिर्जना गर्न काँग्रेसमा अर्को समूह बन्न सक्ने सन्देश दिन उक्त ‘लञ्च मिटिङ’ गरेको हुनसक्ने काँग्रेसका एक नेताले बताए ।

यसअघि कांग्रेसका सभापति देउवाको विकल्प खोज्न भन्दै दोस्रो तहका नेताहरु कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच असार ७ गते सोमबार निधि निवास मध्य बानेश्वरमा ‘लञ्च मिटिङ’ भएको थियो ।

पारिवारिक राजनीतिक पृष्ठभूमि भएका कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र तीनै जना सभापतिका आकांक्षीवीच काँग्रेस सभापति देउवालाई चुनौती दिन भएको लञ्च मिटिङले काँग्रेसमा पहिलोपटक नयाँ तरंग आएको थियो ।

यस्तै असार ११ गते शुक्रबार निधि, कोइराला र सिंहवीच महामन्त्री कोइराला निवास महाराजगञ्जमा दोस्रो ‘लञ्च मिटिङ’ भएको थियो । कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएर महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।

यो पनि पढ्नुहोस्

कांग्रेस नेताहरुको दौडधुप : विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

देउवालाई जसरी भएपनि हटाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेट, के कुराकानी भयो ?

कांग्रेसमा नयाँ तरंग : देउवाको विकल्प खोज्न विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !