१५ बैशाख २०८१, शनिबार

काँग्रेस संसदीय दलको बैठक आज बस्दै : गर्ला त सरकारमा जाने निर्णय ?

नेपाली काँग्रेसले बोलाएको संसदीय दलको बैठकले के निर्णय गर्ला ?


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बोलाएको संसदीय दलको बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । काँग्रेस सरकारमा जाने सवालमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एउटा पूर्वतिर अर्को पश्चिमतिर भएको अवस्थामा संसदीय दलको बैठक बस्न लागेको हो ।

गत बुधबार चितवनको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएतापनि कांग्रेसलाई पदको लोभ नभएको तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका थिए । उनले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताउदै आफूले प्रधानमन्त्री पद नमागेको पनि तर प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने उनले धारणा राखेका थिए ।

सो कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताउदै यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने तर्क गरेका थिए । उनले विपक्षी दलको भूमिका यति बेला के हुने भन्ने चाहिँ खुलाएका थिएनन्, यद्यपि कांग्रेस जिम्मेवारीबाट पन्छिन भने नमिल्ने धारणा राखेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेकपाको प्रचण्ड-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा राखेका थिए । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड-नेपाल समूहले दर्ता गर्ने जानकारी दिएका थिए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताएका थिए ।

हिजो बिहीबार पार्टी पदाधिकारीसहितका शीर्षस्थ नेताको राय अनुसार संसदीय दलमा छलफल हुनुका साथै दलका नेता देउवाले आगामी फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् तर काग्रेसले आजै ठोस निर्णय लिने सम्भावना भने कम देखिन्छ ।

विहीबार काँग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि काँग्रेसमा तीन विकल्पमा छलफल भएको थियो । काँग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारिएको छ । संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने बुझिएको छ ।

प्रतिनिधिसभा विघटन तथा पुनःस्थापना र नयाँ सत्ता समीकरणको बारेमा तीव्र छलफल भईरहेको समयमा नेपाली काँग्रेसले बोलाएको संसदीय दलको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । पुनःस्थापाना गरिएर बस्न लागेको प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने देखिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताहरु नयाँ सरकारको गठनका लागि दौडधूप गरिरहेका छन् । नयाँ सत्ता समीकरण गरेर सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

तर नेपाली काँग्रेसले नेकपाको आधिकारिकता नटुंगिएसम्म नेकपाको कुनै समूहलाई सहयोग नगर्ने निर्णय गरिसकेको छ भने जसपाका नेताहरुले त प्रचण्ड-नेपाल समूहलाई तपाईहरुको कुन पार्टी हो ? पहिला स्पष्ट गरेर आउनुहोस् भनेर प्रश्न उठाई कटाक्ष समेत गरिसकेपछि उक्त समूहलाई हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ ।

तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर संसदीय दलवाट आफूलाई हटाउन र संसदमा अविश्वास प्रस्ताव ल्याएर हटाउन पनि चुनौती दिदै आएका छन् ।

यो पनि पढ्नुहोस्

देउवा र पौडेलवीच जुहारी : देउवा पूर्वतिर, पौडेल पश्चिमतिर

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिन : सभापति देउवा

नेपाली कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा. कोइराला

नेपाली काँग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

कांग्रेसद्वारा आफ्ना सांसदलाई काठमाडौं नछाड्न निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !