२७ बैशाख २०८१, बिहिबार

नेपाली काँग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

नेपाली काँग्रेसले फागुन २१ गते बोलायो संसदीय दलको बैठक


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी फागुन २१ गते शुक्रबार दिउँसो १ बजेका लागि संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो ।

प्रतिनिधिसभा विघटन तथा पुनःस्थापना र नयाँ सत्ता समीकरणको बारेमा तीव्र छलफल भईरहेको समयमा नेपाली काँग्रेसले बोलाएको संसदीय दलको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । पुनःस्थापाना गरिएर बस्न लागेको प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने देखिएको छ ।

आगामी फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् काँग्रेसका एक नेताले बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताहरु नयाँ सरकारको गठनका लागि दौडधूप गरिरहेका छन् ।

नयाँ सत्ता समीकरण गरेर सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् । तर नेपाली काँग्रेसले नेकपाको आधिकारिकता नटुंगिएसम्म नेकपाको कुनै समूहलाई सहयोग नगर्ने निर्णय गरिसकेको छ भने जसपाका नेताहरुले त प्रचण्ड-नेपाल समूहलाई तपाईहरुको कुन पार्टी हो ? पहिला स्पष्ट गरेर आउनुहोस् भनेर प्रश्न उठाई कटाक्ष समेत गरिसकेपछि उक्त समूहलाई हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ ।

तर कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेकपाको प्रचण्ड-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा राखेका छन् । उनले आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड-नेपाल समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए ।

तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर संसदीय दलवाट आफूलाई हटाउन र संसदमा अविश्वास प्रस्ताव ल्याएर हटाउन पनि चुनौती दिदै आएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा. कोइराला

आज प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बस्दै

ओलीलाई हटाउन स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय

ओलीलाई झन् कम्फर्टेबल : प्रचण्ड-नेपाल समूहले अविश्वास प्रस्ताव अगाडि नबढाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !