७ जेष्ठ २०८१, सोमबार

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


काँग्रेस संसदीय दलको बैठक नयाँवानेश्वर फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भएको हो ।

कांग्रेसले भोलि शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !