१९ बैशाख २०८१, बुधबार

ओलीलाई हटाउन स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय


प्रचण्ड-नेपाल समूह File Photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न बैठक बोलाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । बैठकको मिति भने तोकिएको छैन । बैठकमा संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !