१४ बैशाख २०८१, शुक्रबार

चार पूर्वप्रधानन्यायाधीशहरु लिखित जवाफ लिएर पुगे सर्वोच्च अदालत


मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति निकालेका गरेका चार पूर्वप्रधानन्यायाधीशहरु आज सर्वोच्च अदालतमा पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उनीहरुले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सडकबाट न्यायाधीशहरुलाई आफूहरुले भने बमोजिम फैसला गर्न दबाब दिएको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित उपस्थित हुने आदेश अनुसार दुई साता पुग्दा पनि म्याद तामेल नभएपछि उनीहरु आज आफैं म्याद बुझ्न सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरु अदालतमै म्याद बुझ्ने गरी लिखित जवाफ पेश गर्न सर्वोच्च पुगेर उनीहरुले आजै वारेसका लागि निवेदन समेत दिएका छन् । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिएको सम्भवतः यो पहिलो घटना हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !